
NepMelo को प्रस्तुतीमा SK Productions and AG Films Australia संगको पहीलो सहकार्य गायक सम्राट किरण र गायिका प्रीति घिमिरेको नयाँ गीत यो मायालाई फकाउन यही आइतबार सार्वजनिक हुने भएको छ।
विगत लामो समयदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएका प्रीति र सम्राट सिडनीका धेरैजस्तो स्टेजहरूमा व्यस्त देखिन्छन्। गायक सम्राटको यो पहिलो गीत रहेको छ ।
यस गीतका गीतकार डिपी खनाल हुन् भने यस गीतका संगीतकार शंकर थापा स्माईल रहेका छन् । विषम आचार्यको म्युजिक एरेन्जमेन्ट रहेको यस गीत सिडनीस्थित NepMelo Studio मा रेकर्ड गरिएको थियो ।
भिडियोतर्फ भने तपाईँले सञ्जीव महर्जन र एन्जिला गिरीको नोकझोक र रमाइलो माया प्रेम देख्न सक्नुहुन्छ । र यस गीतमा Choreography तथा डिरेक्सन प्रशान्त तामाङको रहेको छ ।
नेपाली सांगीतिक आकाशमा थोरै भएपनि चम्किने ठाउँ खोज्दै हिँडेका गायक सम्राटको यो पहिलो गीत तपाईँहरूलाई कस्तो लाग्छ गीत हेरेर सुनेर प्रतिक्रिया दिनुहोला ।गायक सम्राट र गायीका प्रीतीको यो कोशेलीले दर्शक तथा श्रोताहरुको मन जीत्ने आशा सहीत नेपमेलो परीवारको तर्फबाट शुभकामना ब्यक्त्त गर्न चाहन्छौ। ।
जय गीत जय संगीत
Project Members

Samrat Kirron
Singer

Pritee Ghimire
Singer

Sanjeev Maharjan
Model

Angela Giri
Model

Shankar Thapa Smile
Composer

DP Khanal
Lyricist

Prashant Tamang
Director/Choreographer