
नेपमेलो म्युजीकले नया अवधारणा सहीत सुरुवात गरेको नेपमेलो सिंगर अन माईक अन्तरगत यस पटक गायीका सारीका घिमीरेको " दुरी अली बढेकै हो" बोलको गीत सनीबार सार्वजनीक हुदै छ । प्रविधीलाई संगीतसंग जोडने क्रममा यो धेरैलाई रीयालीटी सो जस्तो लाग्छ सक्छ तर यो रीयालीटी सो को मोडेल मात्र हो
नेपमेलो सिंगरस अन माईकको स्टेजमा गायीका सारीका घिमीरेको प्रस्तुतीलाई हेर्न र सुन्न सक्नुहुनेछ । यस गीतमा शब्द तथा संगीत गायीका स्वयमको छ भने म्युजीक प्रोडक्सन विषम आचार्यको रहेको छ । एक वर्षको लागी गरीएको यस स्टेजको लागी करीव २४ ओटा गीतहरु गायक स्वमलाई स्टेजमा देख्न सकीने छ ।
अहीलेको अवस्थामा प्राय गायक गायीकाहरुको गीत सुपर हीट भए पनि बास्तविक कसले गायको हो दर्शक श्रोतालाई थाहा नै हुदैन त्यसकुरालाई नै ध्यानमा राखेर जस्ले गायको हो त्यही कलाकार नै स्टेजमा ल्याउने गरीन्छ । नया कलाकारका साथ अग्रजहरु र अहीलेका चल्तीका गायक गायीकाको प्रस्तुती पनि यसमा देख्न सकीने छ ।
नेपमेलो SINGERS ON MIC को यो प्रस्तुतीले संगीतको आनन्द मोह दर्शक श्रोतालाई भरपूर्ण रुपमा हुनेछ भन्ने नेपमेलोको विश्वास रहेको छ ।