सिर्जनको गीतमा प्रभात र रुवीनाको छमछमी

project_image

  अहीलेको समय विहानै चीया पछि तिजको समय हो । कलाकर्मीहरु यसको माहोलमा नीकै ब्यस्त भएका छन । नेपाली समाजमा तिज जती उम्लीयर लाग्छ त्यो भन्दा धेरै तिज नेपाली म्युजीक इन्ड्रस्ट्रीमा लाग्ने गर्दछ । 

यसै अनुरुप मेलो समात्दै नेपमेलोले पूर्व खोज्छु पश्चीम फालेर बोलको तिजको गीत बजारमा ल्याउने तयारी गर्दै छ । 

अष्ट्रेलीयामा बस्ने सर्जक सिर्जन खरेलले यो पटकको तिजको गीतमा आफ्नो रंग भर्ने भएका छन । सिर्जनको प्रस्तुतीमा नेपमेलो संगको सहकार्य संगै गायीका स्वस्तीका ढकाल र अमृत बरालको गीत पूर्व खोज्छु पश्चीम फालेर, अब बजारमा ल्याउने तयारी भैराखेको छ । यस गीतमा शब्द तथा लय समीर आचार्यको छ भने म्युजीक प्रोडक्सन नेपमेलो म्युजीकको रहेको छ । 


यस गीतको भीडीयोमा अहीलेको चर्चीत अनुहार प्रभात पल ठकुरी र रुवीना अधीकारीको छमछमी नृत्य देख्न सकीन्छ ।  बुढा र बुढीको नोकझोकका शब्दलाई भीडीयोमा देख्न सकीन्छ । बुद्य थापाको सिनेम्याटोग्राफी रहेको यस भीडीयोमा कोरीयोग्राफी र डीरेक्सन जेरी भन्डारीको रहेको छ । 


गीत र भीडीयो ले श्रोता र दर्शको मन जीतोस । शुभम । । ।

Project Members