मलाई छेक्यो तिम्रै मायाले

project_image

गायक राम सिंहको शब्द, संगीत र आवाजमा सजिएको ‘मलाई छेक्यो तिम्रै मायाले’  छिट्टै बजारमा NepMelo YouTube बाट यही नोभेम्वर १० को दीन  आउने भएको छ । 

योगेशकाजी शाहको संगीत संयोजन रहेको सो गीतको म्युजिक भिडियोको निर्देशन गम्भीर बिष्टले गरेका हुन् । सो भिडियोमा राम सिंह, योगेशकाजी शाह, स्मृति श्रेष्ठ, अनिता पराजुली र सिर्जना किराती लगायतको अभिनय रहेको छ । पवन सुशलिङले क्यामेर चलाएको सो म्युजिक भिडियो मायाप्रेममा आधारित रहेको छ । 

गायक राम सिंह नेपालको एक चर्चीत बासुरी बाधक हुनुहुन्छ । ९० को दशक तिर गायक राम सिंहले नेपालका चर्चीत गीतहरुमा आफ्नो बासुरीको धुन गुञ्जाईसक्नु भएको छ । प्युठानमा जन्मिएका सिंहको स्थायी बासस्थान नवलपरासी हो । गायक राम सिंह नेपाली लोक गीत संगीतका एक मुर्रधन्य सर्जक हुनुहुन्छ । 


सिंहको पहिलो गीत वि.सं २०५३ सालमा रेकर्ड भएको थियो । उनको अस्मिता अधिकारीसँग ‘जाउ कतै तिमी र म’ मेलिना राईसँग ‘पाइला पाइलामा माया’ बजारमा आइसकेको छ । त्यस्तै रचना रिमालसँग ‘पानीको तिर्खा’ र समीक्षा अधिकारीसँग ‘मुगलिङ सिन्धुलीको बाटो’ लगायतका म्युजिक भिडियो बजारमा आउँदैछ । 
सिंहको संगीतमा पनि विभिन्नि गीतहरु सार्वजनिक भइसकेका छन् । उनले संगीत भरेका गीतहरु नेपालका चर्चित गायकहरु अन्जना गुरुङ, कन्हैया सिंह, तिलक बम मल्ल, बीरबहादुर गुरुङ, दीपा राई लगायतको आवाजमा सार्वजनिक भएको छ । 

Project Members

Ram Singh

Singer\Model

Gamvir Bista

Director\ Choreographer

Yogesh Kaji

Music Producer