डा. दामोदर पाण्डेको तिम्रो याद

project_image

भनिन्छ मान्छे उडेर जतिसुकै उचाईमा पुगोस् तर मुटुभित्र एउटा रहर हुन्छ अनि त्यहि रहर भित्र मान्छे बांचेको हुन्छ ।

 

“तिम्रो याद” गायक डा. दामोदर पाण्डेको याद हो । नेपालमा जन्मि हुर्केर अमेरिकामा डाक्टर भएर कार्यरत रहनु भएका डा. पाण्डेको मन भित्र लुकेर रहेको सांगीतिक ज्वारभाटा हो “तिम्रो याद” । यही मंगलबार Nov 7  को दिन NepMelo YouTube  बाट गायक डा. पाण्डेको “तिम्रो याद” बोलको गीत सार्वजनिक हुने तय भएको छ ।

 

गायक डा. पाण्डेको आवाज र शब्द रहेको यस गीतका संगीतकार उपेन्द्र लाल सिंह र म्युजिक एरेन्जर प्रमोद परियार हुनुहुन्छ। 

गीतको भिडीयोमा विकास लामीछाने र समारीका ढकालले अभिनय गर्नु भएको छ। 

बुद्द थापाको सिनेमेटोग्राफी रहेको यस गीतको भिडीयोको निर्देशन अहिलेका चर्चित निर्देशक सान थापाले गर्नुभएको छ । 


डा. पाण्डेको नेपाली गीत संगीत प्रतिको लगाव निरन्तर चलिरहोस र यस गीतले नेपाली सांगीतिक आकाशमा एउटा छुट्टै उडान भर्नेछ भन्ने हार्दिक शुभकामना NepMelo परिवारको तर्फबाट ।

Project Members